वैदेशिक रोजगारीका लागि गएका ७ सय बढी नेपाली विदेशी जेलमा
काठमाडाैं | पुस ४, २०७९
काठमाडौं: वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका सात सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् । जसमा ६९६ पुरुष र ३९ जना महिला छन् ।
सन् २०२१र०२२ मा सबैभन्दा बढी ३४७ जना पुरुष र २४ जना महिला गरी ३७१ जना यूएईको जेलमा रहेका छन् । त्यस्तै साउदी अरेबियाको जेलमा १२७ जना पुरूष र १ जना महिला गरेर १२८ जना छन् । मलेसियाको जेलमा ९६ जना पुरुष र २ जना महिला गरी ९८ जना रहेका छन् ।
आर्थिक वर्ष २०२०र०२१ मा १७० जना पुरुष मलेसियाको जेलमा रहेका थिए । भने १३४ जना पुरुष र ५ जना महिला गरी १३९ जना युएईको जेलमा थिए । उक्त तथ्यांकलाई हेर्दा २०२०र०२१ को तुलनामा २०२१र०२२ मा यूएईको जेलमा नेपालीको संख्या बढेको छ भने मलेसियामा घटेको छ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

